कसरी फैलियो केन्द्रीय कारागार सुन्धारामा कोरोना

कसरी फैलियो केन्द्रीय कारागार सुन्धारामा कोरोना

काठमाडौँ । केन्द्रीय कारागार सुन्धारामा ८ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित भएका कैदीबन्दीमध्ये २ जना निको भएका छन् र अन्य ६ जनाको उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।

कारागाराका जेलर जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले ८ जना कैदीमा कोरोना देखिएको बताए । उनले २ जना निको भएको र अन्यको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार कारागार सुरक्षामा खटिएका २५ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको बताए ।

देशभरका कैदीबन्दीको उपचार सन्धारा कारागारमा हुने गरेको छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई वीर अस्पताल लगायतमा उपचार हुने गर्छ । जेलर बाँस्कोटाका अनुसार केही समयअघि सिन्धुपाल्चोकका १ बिरामी कैदीलाई उपचारका लागि सुन्धारा कारागारामा ल्याइएको थियो । तिनै कैदीबाट कारागाराका अन्य कैदीलाई पनि कोरोना भाइरस सरेको आंकलन कारागार प्रशासनले गरेको छ ।

कैदी बन्दीहरू संयुक्तरूपमा बस्ने भएका कारण पनि कोरोना संक्रमण अन्य कैदीमा फैलिएको हुनसक्ने जेलर बाँस्कोटाले बताए । उनका अनुसार गम्भीर प्रकृतिका बिरामी कैदीलाई अन्य अस्पतालमा उपचार गराउने गरिन्छ । केहीको वीर अस्पताललगायतमा उपचार गराएको र त्यहाँबाट पनि कोरोना संक्रमण सरेको हुन सक्ने उनी बताउँछन् ।

कैदीबन्दीका आफन्तहरूसँग भेटघाट गर्न रोक लगाएका कारण उपचारका क्रममा अस्पतालबाटै कोरोना संक्रमण सरेको उनको भनाइ छ । उनले नेपालमा संक्रमण फैलिएसँगै लागेको लगकडाउनकै बेलादेखि नै कैदीबन्दीका आफन्तसँग भेटघाटमा रोक लगाइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार