पाटन अस्पतालमा ललितपुरका २९ वर्षका कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा ललितपुरका २९ वर्षका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरका २९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो।

पछिल्लो केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा २०७ संक्रमितको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार