कोरोना सङ्क्रमितको होम आइसोलेशनमै मृत्यु

कोरोना सङ्क्रमितको होम आइसोलेशनमै मृत्यु

काठमाडौँ । भक्तपुरमा कोरोना भाइरस बाट सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै शनिबार राति मृत्यु भएको छ। उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो।

नेपाली सेनाको टोलीले उक्त शव आइतबार व्यवस्थापन गर्ने तयारी गरेको छ । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार