करेन्ट लागेर चितवनमा दुई युवाको मृत्यु

करेन्ट लागेर चितवनमा दुई युवाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ । चितवनमा करेन्ट लागेर दुई जना युवाको मुत्यु भएको छ । भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार स्थानीय चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो। उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको उनले बताए। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको थापाले बताए।

माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको थापाले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार