पर्सामा थप २ कोरोना सङ्क्रमितको मुत्यु

पर्सामा थप २ कोरोना सङ्क्रमितको मुत्यु

काठमाडौँ । पर्सामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मुत्यु भएका छ । जिल्लाको नारायणी अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक जना र बाराको कोल्भी नगरपालिकाका एक जनाको ज्यान गएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिएका छन ।

बेवारिसे अवस्थामा सडकमा भेटिएका अन्दाजी ६० वर्षका पुरुषलाई कोभिड एक्सन टिमका युवाहरुले शनिबार अस्पताल लगेका थिए । यस्तै अस्पतालमा छ दिनदेखि उपचार गराइरहेका बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको बिहान ज्यान गएको छ । उनलाई मधुमेह र दमको समस्या रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालमा गएराति नै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको पनि ज्यान गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार