स्वास्थ्यकर्मीका लागि काठमाडौंमा निःशुल्क बस सेवा

स्वास्थ्यकर्मीका लागि काठमाडौंमा निःशुल्क बस सेवा

काठमाडौं उपत्यकाका अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), नेपालले मिनी बस सञ्चालनमा ल्याएका हुन्।

स्वास्थ्यकर्मी तथा चिकित्सकको सहजताका लागि निःशुल्क बस सेवा शुरू गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए। उनका अनुसार, कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको र करीब दुई सातादेखि उपत्यकामा जारी निषेधाज्ञालाई ध्यान दिंदै स्वास्थ्यकर्मीलाई अस्पताल आवतजावत गर्न १५ भदौदेखि बस सेवा शुरू गरिएको हो।

अहिले तीनवटा मिनी बसले बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि साढे ७ बजेसम्म सेवा दिइरहेका छन्। सबै बसमा स्काउटका स्वयंसेवकहरू परिचालित छन्।

यी बसहरूले अस्पताल क्षेत्रको रुटबाट सेवा शुरू गर्छन्। बाँसबारीबाट गुड्ने एउटा बस त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्छ। यस्तै, दोस्रो बस पाटन अस्पतालदेखि शुरू भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार