फेरि बढ्यो पेट्रोलको मूल्य

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज) मा आएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य  बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार