अवैध सालको काठसहित दुईजना पक्राउ

अवैध सालको काठसहित दुईजना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले अवैध सालको काठसहित दुई जना तस्करलाई पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको हो ।

सप्तरीको रुपनी गाउँपालिका-१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित उनीहरु दुवै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत लक्ष्मण साफीले जानकारी दिएका छन । उनका अनुसार तीन थान सालको काठ (२.१८ घनफिट) बरामद भएको छ ।

पक्राउ परेका दुवैजनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भागेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार