कर्मचारीलाई कोरोना संक्रमण भएपछि सुर्खेत जिल्ला अदालतका सेवा बन्द

कर्मचारीलाई कोरोना संक्रमण भएपछि सुर्खेत जिल्ला अदालतका सेवा बन्द

काठमाडौँ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतले सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतको मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको अदालतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए । उनका अनुसार म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको हाे ।

स्रेस्तेदार बाँस्कोटाका अनुसार भदौ १४ गते मात्रै ती कर्मचारीको स्वाब संकलन गरिएको थियो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भैरहेको बाँस्कोटाले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार