पुजारी श्रीरामको हत्या गर्ने दुई जना पक्राउ

पुजारी श्रीरामको हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित खैस्रैया चोकमा पुजारी श्रीराम शाहको गोली हानी हत्या भएको घटनामा आर्थिक कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ।

प्रहरीले हालसम्म देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको छ। घटनामा वडाध्यक्षसहित केही व्यक्ति फरार रहेको प्रदेश २ प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा रामनरेशले पुजारी श्रीरामसँग ब्याजमा पैसा लिएको र रकम तिर्नेक्रममा विवाद भएको पाइएको छ। घटना हुनुभन्दा केही दिनअघि राम नरेशले श्रीराम पुजारी रहेको हनुमान मन्दिरको नजिकै मदिरा सेवन गरेर आएर विवाद गरेको प्रहरीको भनाई छ।

गाउँमा फरक मत राख्ने स्वभावका कारण पुजारीको स्थानीयसँग विवाद हुने गरेको प्रहरीको भनाई छ। भदौ ३ गते ६५ वर्षीय श्रीरामको गोली हानी हत्या भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार