डियुटीमै ढलेर वेहोस भएका प्रहरी जवानको मृत्यु

डियुटीमै ढलेर वेहोस भएका प्रहरी जवानको मृत्यु

फोेटो दिनेश खबर

काठमाडौँ । कञ्चनपुरमा गएराति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका-२ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।

राति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए। बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पतालमा विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार