प्रधानाध्यापकको छनोट प्रक्रिया खारेज गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

प्रधानाध्यापकको छनोट प्रक्रिया खारेज गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमले जिल्लाको चौरजहारी नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकको छनोट प्रक्रिया शिक्षा नियमावली विपरित गरेको भन्दै खारेज गर्न माग गरेको छ ।

चौरजहारी नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक छनोट गर्न ०७७ भदौ २ गते विज्ञापन र ०७७ भदौ १७ गते नतिजा प्रकाशन गरेको भन्दै उक्त प्रक्रिया प्रचलिन कानुन विपरित भएको भन्दै खारेज गर्न संगठनले माग गरेको छ । शुक्रबार संगठनका अध्यक्ष लोक बहादुर खत्रीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ प्रअ छनोटको नतिजा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र नगर शिक्षा नियमावली २०७७ समेतको नियम विपरीत भएकोले सो नजिता रद्ध गरी पुःन कानुन समंत तरीकाले विज्ञापन गरी प्रअ छनोट प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

शिक्षा नियमावली २०५९ को परिच्छद १७ नियम ९३ को उपनियम २,३,४,५,१४ र १५ बमोजिम नभएको उलेख गरिएको छ । यस्तै संगठनले शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम ५ सँग सम्बन्धित प्रधानाध्यापक छनोटको आधरहरुमा शैक्षिक योग्यता र अनुभव वापत प्रदान गरिने अङ्कहरुमा द्रस्टव्य १ र २ मा स्थायी शिक्षकले मात्रै सो सुविधा प्राप्त गर्नेमा अन्य शिक्षकले उक्त सुविधा प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाले मौजुदा शिक्षक नियमावली २०५९ सँग बाझिने गरी स्थानीय शिक्षा नियमावली निमार्ण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै नगरपालिकाले नगरक्षेत्रका आधारभुत, निम्नमाध्यमिक र माध्यमिकतहका ३० वटा विद्यालयका लागि प्रधानाध्यापकको नजिता प्रकाशन गरेको छ । प्रधानाध्यापक पदमा छनोट भएका शिक्षकहरुको एक दिने अभिमुखीकरण तालिम, नियुक्ति तथा कार्य सम्पादन करार सम्झौता भदौ २६ गते गरिने नगरपालिकाले एक सूचना प्रकाशित गरेर जानकारी गराएको छ । स्रोतका अनुसार प्रअको लागि सफल भएका ३० जना शिक्षकहरु मध्ये केहि अस्थायी, राहत र उच्चमाध्यमिक तहका रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार