१४ वर्षीया बालिकालाई एम्बुलेन्समा राखेर अपहरण गर्ने तीन पक्राउ

१४ वर्षीया बालिकालाई एम्बुलेन्समा राखेर अपहरण गर्ने तीन पक्राउ

काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी शनिश्चरे-६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन्।

रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन्। आचार्य को २ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को २ च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो। प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार