जन्मदिनको अवसरमा पर्यटनमन्त्री भट्टराईद्धारा एसिडपीडित खातुनलाई ५० हजार सहयोग

जन्मदिनको अवसरमा पर्यटनमन्त्री भट्टराईद्धारा एसिडपीडित खातुनलाई ५० हजार सहयोग

काठमाडौं । आफनो जन्मदिनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले एसिडपीडित किशोरी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन। मन्त्री भट्टराईले जन्मदिनको अवसरमा कक्षा ९ मा अध्ययनरत खातुनलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

एक बर्षअघि घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले सहयोग गरेको उनको सचिवालयले जनाएको छ। सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताएका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार