भोलीदेखि दाङमा दिउँसो १२ बजेसम्म बजार खुल्ने

भोलीदेखि दाङमा दिउँसो १२ बजेसम्म बजार खुल्ने

काठमाडौँ । भाेलि सोमबार देखि दाङमा बिहान ६ बजेदेखि दिउँसाे १२ बजेसम्म बजार खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालयमा दाङमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

बैठकले भदौको २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमबारदेखि लागुहुने गरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागु गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरिस संक्रमितको संख्या ९९२ पुगेको छ। त्यसमध्ये ८५७ जना निको भएर घर फर्किएका छन् भने १३३ जना सक्रिय संक्रमित छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार