पौडेल पक्षका जिल्ला सभापति देउवा निवास जाने, निर्णय सच्चाउन माग गर्ने 

पौडेल पक्षका जिल्ला सभापति देउवा निवास जाने, निर्णय सच्चाउन माग गर्ने 

पुस २३ काठमाडौ

कांग्रेसकाे संस्थापन इतरपक्षीय जिल्ला सभापतिको भेलाले एकलौटी आधारमा गरिएको निर्णयलाई सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई लिखित आग्रह गर्ने भएका छन् । 

तीन दिने भेलाले ११ पुसमा गरिएको बुहमतको निर्णयले पार्टीलाई गलत दिशामा लगेको भन्दै सहमतिबाटै अघि बढ्ने गरी वातावरण बनाउन सभापति देउवालाई लिखित आग्रह गर्ने भएका छन् । बुधबार भेला सकिए पनि बिहीबार बिहान सभापतिलाई भेटेरै यस्तो आग्रह गर्ने जानकारी काभ्रे सभापति मधु आचार्यले दिए । पुनः केन्द्रीय समितिको बैठक बोलाएर ११ पुसमा गरिएको निर्णयलाई सच्याउन आग्रह गर्ने पनि उले जानकारी दिए । सभापतिले बिहीबार बिहान आफ्नै निवासमा ब्रेकफास्टका लागि बोलाएपछि सभापतिहरुको भेलाले निकालेको निचोड भने उनीहरुले सार्वजनिक गरेनन । आफूहरुको ध्यानाकर्षण सभापतिलाई भेटेरै बुझाउने भएपछि सार्वजनिक नगरिएको आचार्यले बताए ।

‘एकातर्फ मुलुक नेकपाको बहुमत दम्भले अधिनायकवादतर्फ अघि बढ्दै गर्दा पार्टीभित्र मात्र होइन बाहिरका लोकतान्त्रिक तागतलाई समेत एकतावद्ध गरेर अगाडि बढनुपर्ने बेला छ भन्ने हाम्रो निचोड छ’ आचार्यले भने, ‘यही बेला हामी आफैंभित्र बहुमत र अल्पमतको खेलमा लागेर निर्णय गर्नु सर्वथा गलत छ । चलिरहेको संवादलाई अकस्मात टुटाएर बहुमतबाट गरिएको निर्णयलाई सच्याउनुपर्छ भन्दै सभापतिलाई आग्रह गर्छौ ।’

संवाद टुटेकै विन्दुबाट पुनः छलफल गरी सहमतिमा पुग्न आग्रह गरिने उनले बताए । विधानको धारा निलम्बन पनि अवाश्यकता  र औचित्यताको आधारमा सहमतिबाट मात्र गर्न सभापतिहरुले आग्रह गर्दैछन् । सभापति भेला सकिएपछि नेता रामचन्द्र पौडेलले पनि एकलौटी निर्णयलाई सच्याउन जिल्ला सभापतिले बल प्रदान गरेको टिप्पणी गरे । नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनलाई निष्पक्ष बनाउन पनि सहमतिका आधारमा पुनः महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग गरेका छन् ।

११ पुसमा एकलौटी निर्णयमा १४ औं महाधिवेशनको कार्यतालिका आएको, सदसयतासहितको विषयमा विधानको धारा लिनम्बन भएपछि संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ । सभापतिको कदमबाट आक्रोसित भएको पौडेल पक्षले उनलाई गलाउन आफू पक्षधर जिल्ला सभापतिलाई बोलाएर परामर्श गरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार