अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

काठमाडौं । आफनो नाम फरक राखेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । भदौ १६ गते सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । उनले अस्पतालमा आफना बदलेर रुद्र सुनारको नाममा भर्ना भएका थिए ।

अपहरणमा संलग्न ७ जना सोहि दिन पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले बताइन । सुनुवार घटनापछि भागेर काठमाडौं पुगेका थिए । उनको भाग्ने क्रममै उनको खुट्टा भाँचिएको र उपचारका लागि छद्म नामबाट भर्ना भएको पाइएको एसपी सिग्देलले जानकारी दिइन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार