आज थप १७३६ जना डिस्चार्ज, ९७९ जनामा काेराेना संक्रमण पुष्टि

आज थप १७३६ जना डिस्चार्ज, ९७९ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार नाघेको छ ।

आजसम्म ४७ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १६ हजार २ सय ५९ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना छन् भने ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ७ सय ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार