चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई २० करोड घुस मागेको आरोप : मानहानिको मुद्दा हाल्ने चेतावनी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई २० करोड घुस मागेको आरोप : मानहानिको मुद्दा हाल्ने चेतावनी

पुस २३ काठमाडौ

झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन्।

पत्रकार सम्मेलन गरेर प्रसाईंले उक्त आरोप लगाएको केही समयपछि नै गिरीले त्यसको खण्डन गर्दै आरोप झुठो भएको बताएका छन्।

प्रसाईंले बुधबार बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई द्वारिका होटलमा बोलाएर २० करोड मागेको आरोप लगाएका छन्।

प्रसाईंले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर १५ मंसीर बिहान ११ बजे आफू चिकित्सा शिक्षा आयोग गएको गिरीले साँझ द्वारिका होटलमा बोलाएको दाबी गरे।

उनले २०-५० लाखदेखि एक करोडसम्म दिनसक्ने भए पनि २० करोड मागेपछि आफूले दिन नसक्ने भनेर फर्किएको बताए।

प्रसाईंले आफूले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको आरोप लगाए।

तर गिरीले त्यसलाई खण्डन गर्दै यसले आफ्नो मानहानि भएकाले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । बुधबार नै गिरीले पनि पत्रकार सम्मेलन गरेर गिरीले प्रसाईंको आरोप कपोलकल्पित भएको बताए।

गिरीले विकृत मनस्थिति भएका व्यक्तिले यस्तो आरोप लगाएको भन्दै त्यसमा कुनै सत्यता नभएको जिकिर गरे। उपाध्यक्ष गिरीले आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार