एनप्याब्सन कर्णालील बुझायो मुख्यमन्त्री शाहीलाई तालाचाबी

एनप्याब्सन कर्णालील बुझायो मुख्यमन्त्री शाहीलाई तालाचाबी

काठमाडौँ । कर्णाली प्रदेशका निजी विद्यालय सञ्चालकहरुले विद्यालय सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई तालाचाबी बुझाएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने आधारपत्रसहित सोमबार मुख्यमन्त्री शाहीलाई तालाचाबी बुझाएको हो ।

कोभिड(१९ को माहामारीबाट बच्न सरकारले गरेको लामो लकडाउनले संस्थागत विद्यालयहरू सञ्चालनको प्रक्रियालाई अवरुद्ध पारेको एनप्याब्सनको आरोप छ । लकडाउनका कारण विद्यालय बन्द गर्नुपरेको अवस्थामा कर्मचारी तथा शिक्षकको तलब व्यवस्थापन गर्न कठिन भएको एनप्याब्सनका प्रदेश अध्यक्ष कमलकुमार सिंहले बताए ।

‘बन्दाबन्दीले संस्थागत विद्यालयलाई थुप्रै चुनौतीहरू थपिएका छन्, सरकारले अभिभावकबाट शुल्क नलिनु भन्छ, शिक्षकले तलब मागेका छन्,’ विकल्पसहित विद्यालय सञ्चालनका आधारहरू पेस गर्दा पनि सरकारले सञ्चालन गर्न नदिनु संस्थागत विद्यालयहरूलाई धरासायी बनाउने षड्यन्त्र भइरहेको उनको आरोप छ ।

तालचाबी बुझ्दै मुख्यमन्त्री शाहीले कोरोना महामारीका कारण विद्यालयहरूसँगै आर्थिक र सामाजिक क्षेत्रमा समेत ठूलो समस्या परेको भन्दै तत्काल संघीय सरकारसँग समन्वयगरी समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार