मंगलबार २२८७ जना डिस्चार्ज, ९०२ जनामा संक्रमण पुष्टि,

मंगलबार २२८७ जना डिस्चार्ज, ९०२ जनामा संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको सिआर परीक्षण गर्दा ९०२ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

त्यस्तै यस्तै काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको हो । थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार