नेपालगञ्जकी ८० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगञ्जकी ८० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १६ कि ८० बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सोमबार स्वाब संकलन गरिएकोमा मंगलबार मृत्यु भएपछि उनको कोरोना परीक्षणको रिपोर्ट आएको हो ।

उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको र लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । योसँगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार