काठमाडौंमै ख्याती प्राप्त नीजी विद्यालयहरु भन्दा उत्कृष्ट समुदायिक विद्यालय !

काठमाडौंमै ख्याती प्राप्त नीजी विद्यालयहरु भन्दा उत्कृष्ट समुदायिक विद्यालय !

२३ पुस । देशको राजधानी काठमाडौं जहाँ ख्याती प्राप्त नीजी विद्यालयहरु छन् । तर, राम्रा भनिएका निजी विद्यालयहरु भन्दा पनि उत्कृष्ठ त्यस्ता समुदायिक विद्यालय पनि छन्, जुन विद्यालयमा अध्ययनका लागि विद्यार्थीहरुको ताती नै लाग्ने गर्दछ ।

ती मध्ये एक हो, त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय । जहाँ हरेक वर्ष हजारौं विद्यार्थीले भर्नाका लागि प्रवेश परिक्षा दिन्छन् ।

प्रत्येक वर्ष यस विद्यालयमा प्रवेश परीक्षा दिने विद्यार्थीहरुमध्येबाट मेरिट नम्बर र आर्थिक अवस्था हेरी ५ सय विद्यार्थी मात्र भर्ना लिइन्छ ।

वि.सं. २००३ मा स्थापना भएको यस विद्यालयमा हाल देशका ७७ वटै जिल्लाबाट आएका ३ हजार ३ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले माध्यमिक तह अन्तर्गत कक्षा १० सम्म नेपाल सरकारको नियम अनुसार नै निःशुल्क विद्यार्थी पढाउँदै आएको छ ।

अभिभावक, विद्यार्थी र शिक्षकहरुको समेत सक्रियता रहेको यस विद्यालयमा हरेक किसिमका प्रयोगात्मक अभ्यासका माध्यमबाट विद्यार्थीहरुलाई अध्यापन गराइन्छ ।

यसका साथै आम सामुदायिक विद्यालयमा सोही विद्यालयकै शिक्षक–शिक्षिकाको छोराछोरी अन्य नीजी विद्यालयमा पढाउने गरेको देखिएता पनि यस विद्यालयमा भने कार्यरत कर्मचारीहरुको छोराछोरी पनि यसै विद्यालयमा नै पढ्ने गर्दछन् ।

विद्यालयले वि.सं. २०७५ को एसइई परिक्षामा समेत ४ जीपीए ल्याउदै देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भयो । अन्य विद्यालयबाट यस विद्यालयमा भर्ना भएका विद्यार्थीहरु यहाँ अध्ययन गर्न थालेपछि पहिलेभन्दा सिर्जनशील भएको दाबी गर्छन् ।

यस विद्यालयमा भौतिक पूर्वाधार, सेनीटरी प्याड, कम्प्युटर ल्याबको व्यवस्था र साना विद्यार्थीहरुलाई मन्टेश्वरी विधिबाट पढाइने व्यवस्था छ ।

यस विद्यालयको अध्यायन अध्यापनलाई मध्यनजर गर्दै नेपाल सरकारले वि.सं. २०७४ र २०७५ को राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान समेत गरि सकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार