बीपी जयन्तीमा तरूण दलले दियो पाटन र बीर अस्पताललाई स्वास्थ्य सामग्री

बीपी जयन्तीमा तरूण दलले दियो पाटन र बीर अस्पताललाई स्वास्थ्य सामग्री

काठमाडौं । बीपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले पाटन अस्पताल र बीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बुधबार तरूण दलका अध्यक्ष जितजंग बस्नेत नेतृत्वको टोलीले पाटन अस्पतालको हाडजोर्नी विभागमा एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड उपलब्ध गराएको हो।

यस्तै बीर अस्पतालको नाक, कान, घाटी विभागमा पनि एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड उपलब्ध गराइएको अध्यक्ष बस्नेतले जानकारी दिए।

तरूण दलले कोरोना महामारीमा पनि जोखिमका साथ काम गरिरहेकोमा स्वास्थ्यकर्मीको प्रशंसा पनि गरेको छ। स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बस्नेतले बताए। ‘

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार