पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने भतेरीमा सुख्खा पहिरो खसेका हो।

दुुई वटा रुखसहित झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। पहिरो गएको स्थान नारायणगढबाट करिब ७ किलोमिटर पर जुगेडीनजिक पर्दछ। सडक अवरुद्ध भएपछि सो क्षेत्रमा सवारीसाधनको लाम लागेको छ। अहिले पहिलो खुलाउने काम भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार