बुधबार थप १०८१ जनालाई कोरोना संक्रमण

बुधबार थप १०८१ जनालाई कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसँगै हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।  हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार