जथाभाबी ग्यास सिलिण्डरको कारोबार गर्ने नपाइने

जथाभाबी ग्यास सिलिण्डरको कारोबार गर्ने नपाइने

काठमाण्डौ । ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ ।

संघले ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार-पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु गैरकानुनी भएको भन्दै यस्तो काम गरे कारबाही हुने जनाएको छ । संघले यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार