यूएईमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको ज्यान गयो

यूएईमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको ज्यान गयो

संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत नेपाल घर भएका घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो । गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।

मृतक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्यो । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् ।दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते भएका थिए । उनी उपचारपछि निको भएर काममा फर्किसकेका छन । घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार