ब्राउनसुगरसहित एग्रोभेट्सका सञ्चालक पक्राउ

ब्राउनसुगरसहित एग्रोभेट्सका सञ्चालक पक्राउ

काठमाडौँ । झापाको विर्तामोड नगरपालिका ३ बिर्ताबजार त्रिवेणी टोलबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोपाल एग्रोभेट्स पसलमा प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालक गोपाल गौतमलाई प्रहरीले ब्राउनुसगरसहित पक्राउ गरेको हो।

कृषिजन्य सामग्रीको पसल सञ्चालन गर्ने उनको साथबाट ४५ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार