बसभित्र विष सेवन गरी गाडी धनीले गरे आत्महत्या

बसभित्र विष सेवन गरी गाडी धनीले गरे आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौँ । तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै विष सेवन गरी आत्महत्या गरेका छन्। सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार विष सेवन गरि आत्महत्या गरेका छन्। बस्नेत आफै साहु र चालक हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आत्महत्या गरेको जानकारी दिए। बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेको थियो । डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार