सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो : ३ शव भेटिए, २८ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो : ३ शव भेटिए, २८ जना अझै बेपत्ता

तस्बिर : बजिरसिंह भण्डारीको फेसबुकबाट

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेमा भिरखर्क, डाँडागाउँ, नागपूजे, जुगलसहितका स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेका छन् । प्रहरीका अनुसार २८ जना बेपत्ता भएका छन् । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार