थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

फाइल फोटो

काठमाडौं । नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। चार जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षीय चार पुरुषको मृत्यु भएको छ। यस्तै मोरङमा ६९ वर्षीय, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार