दाङमा निषेधाज्ञा स्वरुप परिवर्तन

दाङमा निषेधाज्ञा स्वरुप परिवर्तन

काठमाडौ । दाङमा निषेधाज्ञा स्वरुप परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब भोलिदेखि दिनभरी बजार र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने, रातीको समयमा बन्द गर्नेगरी निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको हो। सोमवार विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, सावरीसाधन, उद्योग, कलकारखाना सञ्चालनमा आउने भएका हुन।

जिल्ला प्रशासन कार्यालय दाङले आज सुचना प्रकाशित गरेर भदौ २९ गते सोमवारदेखि अर्को सूचना नहुदाँसम्मका लागि विहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार तथा सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रशासनले सवारीसाधन सञ्चालन गर्दा अनिवार्य रुपमा जोरविजोर नम्वर लागुपर्ने बताएको छ ।साथै निश्चिम कर्मचारीको उपस्थीतिमा सरकारी कार्यालय, बंैक तथा वित्तिय सस्थाहरु खुलाउने निर्णय गरेको छ। तर साँझ ७ बजेदेखि विहान ६ बजेसम्म औषधीलगायतका अत्यावश्यक सवारीसाधनबाट अन्य कुनै प्रकारका गतिविधि तथा सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । नियम विपरित चलाइए कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि जिल्ला कोरोना संकट समितिले भदौको १४ गतेदेखि जिल्लमा दोश्रो चरणको निशेषाज्ञाको घोषणा गरेको थियो। जसका कारण बजार, यातायात तथा उद्योग कलकारखानाहरु बन्द रहेका थिए।

हेर्नुहोस जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार