बुटवलको कोरोना अस्पतालमा थप एक महिलाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप एक महिलाको मृत्यु

काठमाडौ। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना काेराेना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिएका छन ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको सूचना अधिकारी डा गौतमले पुष्टि गरेका छन । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराउदै आएकी थिइन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार