असोज १ बाट रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका विद्यालय खुला

असोज १ बाट रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका विद्यालय खुला

मुसिकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले असोज १ गतेदेखि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज १ गते खुलाउने र पठनपाठन असोज १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका कार्यकारी अधिकृत रविन्द्र बुढा क्षेत्रीले जानकारी दिएका छन ।

उनका अुसार जिल्ला बाहिर घर भएका शिक्षकहरु भने १४ दिन होम क्वारेन्टाइनमा बसेपछि मात्रै विद्यालय गएर पठनपाठन गर्न पाउने छन । विद्यालयहरुले १ गते विद्यालय खुला गरेपनि त्यस विचमा विद्यार्थी भर्ना तथा अध्यावधि, कक्षा कोठा व्यवस्थापन र विद्यालय सरसफाई गरिने कार्यकारी अधिकृत बुढा क्षेत्रीले जानकारी दिएका छन ।  गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द गरि क्वारेन्टाइन बनाएका विद्यालयहरु खाली भएपछि गाउँपालिकाले पठनपाठन सुरु गर्न लागको हो ।

स्वास्थ्यका सबै मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठनपाठन सञ्ञालन गरिने छ । गाउँपालिकामा पछिल्लो पटक स्वाब परीक्षण गर्दा २ जना व्यक्तिमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाले उनीहरुलाई रुकुमकोटमा रहेको आइसुलेसनमा राखिएको छ । गाउँपालिकाभरि आधारभुत देखि माध्यमिक तहसम्म ५६ वटा सामुदायिक विद्यालय रहेका छन ।

सिस्ने गाउँपालिकाका दुई वटा वडामा असोज ६ बाट पढाइ सुरु
यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिएका छन ।

अन्य वडामा रहेका विद्यालयको लागि भने अर्को व्यवस्था नभएसम्मको लागि रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रवक्ता केसीले जानकारी दिएका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार