नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

फाइल फोटो

काठमाडौँ। सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ मुग्लिन-सडकखण्ड आज दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार