बाँकेका पत्रकार दामोदर भण्डारी कोरोना जितेर घर फर्किए

बाँकेका पत्रकार दामोदर भण्डारी कोरोना जितेर घर फर्किए

काठमाडौँ । बाँकेका पत्रकार दामोदर भण्डारी कोरोना जितेर घर फर्कन सफल भएका छन । रिपोर्टिङ क्रममा संक्रमित बनेका पत्रकार भण्डारी आज निको भएर घर फर्केका छन् । भदौ १६ गते मङ्गलबार विहान पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

संक्रमित हुनुपूर्व गत सोमबार विहान देखि उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन कक्षमा रहेर उपचार गराइरहेका पत्रकार भण्डारीलाई निमोनिया देखिएको थियो । फोक्सोमा निमोनिया भएपछि कष्टकर स्वास्थ्य लाभ लिई संक्रमित भएको १५ औं दिनमा उनी आज डिस्चार्ज भएका हुन् । कोरोनालाई जितेर घर फर्केका पत्रकार भण्डारी चिकित्सकको परामर्श अनुसार अझै थप एक हप्ता होम आइसोलेसनमा रहनेछन् ।

मङ्गलबार बिहान कोरोना जितेर डिस्चार्ज भएका भण्डारीलाई स्वागत गर्न नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल, पत्रकारहरु नविन गिरी, गोविन्द शर्मा, चेतकान्त भट्टराई, रामु ओली,रविन्द्र शाही, दीपक राई, रवि कनोजिया तथा कोहलपुरका समाजसेवी तथा काँग्रेस नेता चिन्तामणी धिताल लगायत शुभेच्छुकहरुले खादा तथा पुष्प गुच्छा प्रदान गरि स्वागत गरेका थिए ।

यसैबीच बाँकेमा मङ्गलबार पत्रकार भण्डारीसहित डाक्टर, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना डिस्चार्ज भएकाछन् । जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १८ महिला र २४ पुरुष गरी ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ७८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार