प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त

काठमाडौँ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । संक्रमण देखिएपछि मन्त्री घिमिरे क्वाटरमै एकान्तबास बसेका थिए । संक्रमणमुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार