जन्मदिनको अवसरमा बिपन्नलाई सहयोग

जन्मदिनको अवसरमा बिपन्नलाई सहयोग

मुसिकोट । तपाई आफ्नो जन्मदिन कसरी मनाउने गर्नुभएको छ ?  जन्मदिनको अवसरमा ठुलाठुला होटेलमा जाने, पार्टी गर्ने, भोज भतेर गर्ने, साथीभाई बसेर केहि मिठा खानेकुरा खाएर हजारौं खर्च गर्ने लगायतका काम गर्नुहुन्छ होला तर रुकुम पश्चिममा आमा छोरीले आफनो जन्मदिनको अवसरमा बिपन्न परिवारलाई सहयोग गरेका छन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ५ खहरे घर भई हाल नेपालगञ्जमा बसोबास गर्दै आएकी लक्ष्मी केसीले आफनो र छोरी अल्पिताको जन्मदिनको अवसरमा जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर ८ की निर्मला जैसी र उनको परिवारलाई सहयोग गरेकी छिन । आमाछोरीको जन्मदिनको अवसरमा निर्मलाको परिवारलाई २५ केजी चामल, पाँच वटा साबुन, १२ वटा सिसाकलम, इलेजर, नङट लगायत सामाग्री उनका श्रीमान भिम केसीले घरमै पुगेर वितरण  गर्नुभएको छ । आफुले गरेको सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको लक्ष्मीले बताउनु भएको छ । उहाँले भन्नुभयो –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहाय बिपन्न परिवारलाई लाई ठुलो सहयोग हुन्थ्यो ।’

यस्तै गाउँपालिकाका उपाध्यक्ष रामछायाँ कुमारी शाहीले पनि निर्मलालाई एक सेट कपडा सहयोग गर्नुभएको छ ।  निर्मलाको बस्ने घर अहिले सम्म छैन आमा पनि अपांग छिन । अहिले उनीहरु गाउँपालिकाले उपलब्ध गराएको त्रिपाल मुनि बास बस्दै आएका छन । उनीहरुको दैनिकी निकै कष्टकर रुपमा निर्वाह भैइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार