गुल्मीका सिडिओ शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ)

गुल्मीका सिडिओ शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ)

काठमाडौं । छैटौं संविधान दिवसका अवसरमा सरकारले गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मान गर्ने भएको छ। संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक गरेको पदक सूचीमा उहाँको नाम छ । यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकाय प्रमुख जिल्ला अधिकारी समेत भईसक्नु भएका शर्मा हाल जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रजिअको भुमिकामा हुनुहुन्छ ।

यस्तै यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ । राष्ट्रको गौरव बढाउन, उन्‍नति र कीर्तिमानी राख्‍न विभिन्‍न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेको सूचीमा राखेको छ । तर यस वर्ष संविधान दिवसका दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्‍न पाउने व्यक्तिको नाम भने छैन । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिनेछ । सो मानपदवी राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित गरिने छ । नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपति भण्डारीबाट तक्मा प्रदान गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार