दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन ।

समितिको सभापतिमा पूर्वमाओवादी र पूर्व एमाले दुवैका सांसदले दाबी गरेपछि सभापति चयन विवाद नसुल्झेको सांसदहरू बताउँछन । अन्य समितिको नेतृत्व चयनमा सर्वसम्मति भए पनि लेखा समितिमा नेकपाका सांसद भरतप्रसाद साह र शत्रुधन महतोले उम्मेदवारी दर्ता गर्दा विवाद चुलिएको थियो । साह पूर्वमाओवादी र महतो पूर्व एमाले हुन् ।

नेकपाको भागमा परेका दुईमध्ये प्राकृतिक स्रोतसाधन समितिको नेतृत्व चयन भइसकेको छ । २०७५ मंसिर २३ मा बसेको नेकपा पदाधिकारी बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई सर्वसम्मत चयन गरेको थियो । सोही बैठकले प्राकृतिक स्रोत साधन समितिको सभापतिमा रामचन्द्र मण्डल र लेखा समितिको सभापतिमा साहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर लेखा समितिको सभापति चयनका क्रममा नेकपाकै अर्का सांसद महतोले बागी उम्मेदवारी दिएपछि विवाद चर्केको थियो । प्रदेशसभामा लेखा समितिको सभापति नहुँदा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल हुन नसकेको संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार