उपत्यकामा दुई ठाउँमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो

उपत्यकामा दुई ठाउँमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाण्डौ । उपत्यकाको काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ ।

राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ । मंगलबार बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार