कृषि विभागको महानिर्देशकमा डा. गोविन्दप्रसाद शर्मा

कृषि विभागको महानिर्देशकमा डा. गोविन्दप्रसाद शर्मा

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सह सचिव डा. गोविन्दप्रसाद शर्मालाई कृषि विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। विभागमा रिक्त रहेको महानिर्देशक पदमा शर्मालाई पठाएको हो कृषि मन्त्रालयले जानकारी दिएको छ । शर्माले मंगलबार महानिर्देशकको पदभार ग्रहण गरेका छन्।

विगतदेखि कृषि मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा काम गरेका शर्मा यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५को सचिव थिए। शर्मा केही समयअघि मन्त्रालयमा सरुवा भएका थिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार