कोटजहारीमा अवैध रूपमा लगाएको गाँजा नष्ट

कोटजहारीमा अवैध रूपमा लगाएको गाँजा नष्ट

चौरजहारी नपा-९ कोटजहारीमा लगाएको अवैध गाँजा फडानी गर्दै इप्रका चौरजहारीबाट खटिएको टोली ।

काठमाडौं । रुकुम पश्चिमकाे ईलाका प्रहरी कार्यालय चौरजहारी बाट गएको टोलीले अवैध रुपमा कोटजहारीमा लगाईएको गाँजा खेती फडानी गरि नष्ट गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ९ कोटजहारीका केहि स्थानीयहरुले अवैध रुपमा लगाईएको गाँजा खेती फडानी गरेको हो ।

सोहि वडाकै जनप्रनिधिले प्रहरीलाई टेलिफोन मार्फत गाउँमा गाँजा खेती गरेकाे खबर गरेपछि चौरजहारीबाट खटिएको प्रहरीले ८०० गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रहरी सहायक निरिक्षकको नेतृत्वमा गएको १० जनाको प्रहरी टोलीले गाउँलेहरुले लगाईएको अबैध गांजा खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । रुकुम पश्चिममा पछिल्लो समय अवैध रुपमा लगाईने गरिएको गाजा खेती प्रहरीले बेला बेलामा नष्ट गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार