नेपालगञ्जमा ५२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्जमा ५२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २:२५ बजे मृत्यु भएको हो।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप देखिएको थियो ।

कोरोना संक्रमित भएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना भएका थिए। फोकल पर्सन श्रेष्ठका अनुसार यो सँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार