डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

फाइल तस्वीर

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। अहिले कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको भए पनि उपस्थित अन्यले डाक्टर केसीको पक्षमा नारा लगाएका छन्।

प्रदर्शनकारीले डा गोविन्द केसीको माग पूरा गरु, डाक्टर गोविन्द केसीको जीवनरक्षा गरु, लुटतन्त्र मुर्दावादु, हामी गोविन्द केसी, तानाशाहीतन्त्र मुर्दावादु, डाक्टर केसीको अनसन, माफियालाई टेन्सनु लगायतका नारा लगाउनका साथै प्लेकार्ड पनि बोकेका छन्।

विभिन्न ६ वटा माग राखेर डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए। उनी अहिले काठमाडौं आएर अनसनलाई निरन्तरता दिइरहेका छन्। तर सरकारले उनीसँग वार्ताको कुनै पहल गरेको छैन।

पछिल्लो पटक डाक्टर केसीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। डा केसीको १९औं अनसन हो। शनिबार उनको अनसनको १३औं दिन बितिसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार