सञ्चार मन्त्रालयमा अख्तियारको छापा, निवर्तमान मन्त्रीसँग सम्बवद्ध सबै कागजात नियन्त्रणमा

सञ्चार मन्त्रालयमा अख्तियारको छापा, निवर्तमान मन्त्रीसँग सम्बवद्ध सबै कागजात नियन्त्रणमा

फागुन ८, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार अपरान्ह छापा मारेको छ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन विवादमा मुछिएर मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएलगत्तै अख्तियारको टोलीले छापा मारेको हो।

अपरान्ह ४ बजेपछि मन्त्रालयमा पुगेको अख्तियारको टोलीले बिहीबार मात्रै राजीनामा दिएका मन्त्री बाँस्कोटाको सचिवालयमा छापा मारेको हो।   त्यसक्रममा अख्तियारको टोलीले मन्त्री बाँस्कोटाले विभिन्न योजनाका निर्णय तथा निर्णय गर्न बाँकी फाइलहरु नियन्त्रणमा लिएर लगेको हो।

अख्तियारले भने यस कुराको पुष्टि गरेको छैन। तर सञ्चारमन्त्रालयकै अधिकारीहरुका अनुसार अख्तियारको टोलीले बाँस्कोटासँग सम्बवद्ध सबै कागजात अख्तियारको टोलीले शिलबन्दी गरेर लगेको हो।

अख्तियारबाट मन्त्रालयमा पुगेको टोलीले बाँस्कोटाका निजी सचिवालयको कागजात जफत गरेको छ भने मन्त्रीले प्रयोग गर्ने दराजका कागजातमा पनि सिलबन्दी गरेको छ।  स्वीस कम्पनीसँग २७ अर्ब रुपैयाँमा सेक्युरिटी प्रिन्टिङ प्रेस किन्नका लागि बाँस्कोटाले त्यसका नेपाली एजेण्ट भनिने विजय प्रकाश मिश्रसँग कमिसन बापत आउने ७४ करोडमध्ये ५५ करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनि भएको थियो।

उक्त अडियोले विवादमा फसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बाँस्कोटाले बिहीबार अपरान्ह पदबाट राजीनामा दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार