बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार