बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल कम्युस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय विरूद्ध दर्ता भएको रीटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । आज सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरूलिे बहश गरेका थिए।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । बुधबार सुनुवाई नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

उनलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। नेता गौतमले राष्ट्रिय सभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्। सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार