दाङको फ्लोरेन्स अस्पतालमा चिकित्स र स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने बस्ने व्यवस्था

दाङको फ्लोरेन्स अस्पतालमा चिकित्स र स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने बस्ने व्यवस्था

संगम केसी / दाङ
लमहीमा विगत चार बर्ष देखि २४ सै घण्टा सेवा सञ्चालमा रहेको फ्लोरेन्स अस्पताल प्रालिले अस्पतालमा कार्यरत सबै डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई अब अस्पतालमा खाने बस्ने व्यवस्था मिलाएको छ ।

विश्व्यापी महामारी बनेको कोभिड १९ बाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि दिनरात बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिमको अवस्थालाई मध्यनजर गर्दै मंगलबार देखि सबै कर्मचारीलाई अस्पतालमा खान बस्नको व्यवस्था मिलाएको अस्पतालका प्रबन्ध निर्देश डा.पुष्प भुसालले बताउनु भयो ।

अस्पताल काम गर्ने चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिम भएको र घरमा जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै बस्ने व्यवस्था मिलाइएको हो ।

अस्पतालमा कार्यरत ३ जना एमबिबिएस डाक्टरहरु सहित सबै विभागमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरु लाई साविकको डियुटी समय अनुसार काम गर्ने गरि अस्पतालमा बस्ने व्यवस्था मिलाईएको हो । साथै उनीहरुले आवश्यकता अनुसार आफनो डियुटी नभएको समयमा पनि बिरामीहरुको उपचारमा खटिने बताएको छ ।

यस्तै अस्पतालले कोरोना भाइरस बाट बच्नको लागि जुनसुकै बेला अस्पतामा आउने सेवाग्राहीलाई अस्पताल गेट बाहिर साबुन पानीले हात धुई सेनिटाईजर लगाएर तामक्रम मापन गरेर अस्पताल भित्र प्रवेश गर्न व्यवस्था मिलाएको छ । त्यो अस्पतालका कर्मचारी देखि औषधी किन र सामान्य सोधपुछ गर्ने व्यक्तिलाई पनि लागु गरिएको छ ।

यस्तै अस्पतालले साता दिन देखि बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्थाअनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल अस्पतालमा कार्यरत चिकित्सकहरु डा.पुष्प भुसाल ९८५७६३१००६ डा. रगनसिं थापा ९८६०९३३०५९ र डा.अजमेरि खान ९८०५४०७९६६ नम्बरमा सम्पर्क गरी स्वास्थ्य परामर्श लागि आग्रह गरेको छ ।

यस्तै अस्पतालमा आकस्मिक बाहेक केही समयपछि गरेपनि हुने अप्रेशनहरुमा धैर्य हुन आग्रह गरिएको छ भने लामो समयदेखि फलोअफमा रहेका बिरामीहरुलाई आफुले सेवन गरेको औषधीहरुलाई निरन्तरा दिन र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पतालमा नआइदिनुहुन अनुरोध गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार